April 24th, 2017

प्रमाणिकरण भएको बाफियाका ८ मूख्य बुँदाहरु

संसदबाट पारित भएको लामो समय पछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाफिया विधेयकमा हस्ताक्षर गरेर प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण भएसंगै बाफिया अब कार्यान्वयनमा आएको छ । बैंकिङ कारोबार गर्दा अब बाफिया ऐनमा टेकेर गर्नुपर्ने हुन्छ । २०७३ मंसीर ५ गते सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकलाई संसदको अर्थ समितिले टुंगो लगाएको थियो । राष्ट्रपतिबाट प्रमाणिकरण भएको बाफियाको महत्वपूर्ण ८ बुँदालाई यहाँ उल्लेख गरिएको छ ।  

क) बैंक तथा वित्तीय संस्थाको संचालक बन्नका लागि कम्तिमा १० बर्ष बैंक वित्त कम्पनिमा काम गरेको अनुभव हुनुपर्ने छ । कुनै पनि विषयमा स्नातक तह अध्ययन गरेको भएमा ५ बर्ष अनुभव भएको हुनुपर्ने छ । अर्थशास्त्र, बाणिज्य तथा लेखा विषयमा स्नातकोत्तर गरेको व्यक्ति भने सोझै बैंकवित्त कम्पनिको संचालक बन्न पाउने छ ।  
ख)  बीमा कम्पनिका संचालक बैंकको संचालक बन्न नपाउने व्यबस्था छ ।
ग)  दश बर्षपछि संस्थापक शेयरलाई राष्ट्र बैंकको अनुमति लिएर साधारण शेयरमा परिवर्तन गर्न सकिने छ । 
घ) बैंक तथा वित्तीय संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियूक्ति लगातार २ कार्यकाल मात्र हुन पाउने व्यबस्था छ । संचालक मात्रैको हकमा कार्यअवधि खुलाइएको छैन ।
ङ) अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको एक कार्यकालको समय अवधि ४ बर्षको हुने छ । 
च) संबैधानिक पद धारणा गरेको व्यक्ति बैंकको संचालक, प्रमुख कार्यकारी अधिकृत वा अध्यक्ष हुन पाउने छैन ।
छ) आफु संलग्न रकेको बैंक वित्त कम्पनिबाट ऋण लिन पाइने छैन । 
ज) ‘घ’ बर्गका लघुवित्त कम्पनिहरुले बैंक लेख्न पाउने छैनन् । उनीहरुले लघुवित्त वित्तीय संस्था भनेर लेख्नुपर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]