April 24th, 2017

बैशाख १५, १६ र १७ गते भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने


आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बेंकर्स एसोशियसन लगायतका संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम बारे जानकारी दिने उद्येश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका उपनिर्देशक विभु प्रसाद अर्यालले नेपालमा पहिलोपटक बैंकिङ एक्स्पो हुन लागेको भन्दै बैंकसम्बन्धि सूचनाका लागि मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सबै बैंकका बारे एकैठाउँमा अध्ययन गर्न सकिने हुँदा यसले बैंकिङ सूचना प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । पत्रकार सम्मेलनमा बैंकर्स संघका कार्यसमिति सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रका बारे बुझ्न, जान्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि यो महत्वपूर्ण अबसर भएको बताए । उनले बैंकका नयाँ स्कीम एवं नयाँ प्रविधिबारे पनि तिनदिने मेलामा जानकारी गराइने उल्लेख गरे । बैंक, शेयर बजार र बीमाको एकै ठाउँमा सूचना प्राप्ति हुने हुँदा उद्यमशिलतामा लाग्न चाहानेका लागि बैंकिङ एक्सपो निकै उपयोगी हुने शेरचनले बताए । पत्रकार सममेलनमा डेभलपमेन्ट बैंकर्स एशोसियसनका प्रथम उपाध्यक्ष राजेन्द्र पौडेलले बर्तमान अबस्थामा बैंकिङ क्षेत्र नै अर्थतन्त्रको संबाहक भएको भन्दै यस कार्यक्रमले देशमै केही गर्छु भन्नेका लागि धेरै फाइदा पुग्ने बताए । उनले बैंकिङ पहुँच र वित्तीय चेतना अति महत्वपूर्ण भएको भन्दै यसबारे धेरै कुरा जानकारी लिन यो कार्यक्रम सार्थक हुने उल्लेख गरे ।

त्यसैगरी माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रम बैंक र शेयर बजारमा प्रभावकारी हुने अपेक्षा गरे । कार्यक्रमका संयोजक एवं मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले म्यानेजमेन्ट, कृषि र पर्यटन अध्ययन गरेका विद्यार्थीका लागि नेपालमै उद्यमी बन्ने अबसर आएको बताए । उनले उद्यमशिलतामा लाग्न चाहाने जो कसैलाई यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए । उनका अनुसार बैंकिङ एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, शेयरसँग सम्बन्धित संस्थाहरु, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरुले सूचनामूलक स्टल राख्ने छन् । स्टलबाटै कुनैपनि बैंकको बैंक खाता पनि खोल्न सकिने छ ।      

बैंकिङ एक्स्पो बारे विज्ञप्ति 
बैंकिङ क्षेत्र, बीमा क्षेत्र तथा शेयर बजार क्षेत्र नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड हुन् । यस अर्थ अर्थतन्त्रको मेरुदण्डलाई मजबुत बनाउनु, देशमा समृद्धिको रेखा कोर्नका लागि आम नागरिकलाई चेतना अभिबृद्धि गर्नु अति आबश्यक छ । 
पैसा कमाउनका लागि बचत गर्ने र उद्यमशिलताका लागि बैंकिङ माध्यम अपनाउने बानीको विकास गर्न सके मात्रै पनि थोरै थोरै पुँजी राष्ट्र निर्माणमा सहभागी हुन सक्छ । सबै नेपालीको बैंकवित्त क्षेत्रमा पहुँच पु¥याउने, विदेशका कुनाकुनाबाट पठाइएका पैसालाई आधिकारीक रेमिट्यान्स मार्फत नेपालमा भित्राउने, बीमा गर्नका लागि जनचेतना अभिवृद्धि गर्ने, बैंकिङ सूचनालाई आम नागरिक समक्ष पु¥याउने जस्ता कार्य अति आवश्यक देखिएको छ । 


मुख्य रुपमा वित्तीय पहुँच, पैसाको परिचालन, उद्यमशिलताको खोजिका लागि अगाडि सारीएको जागरणयुक्त आर्थिक कार्यक्रम नै दबलपष्लन भ्हउय हो । यो कार्यक्रम मुलुकमै सम्भवत पहिलो पटक हुन लागिरहेको कार्यक्रम हो । यसको मुख्य उद्येश्य भनेकै समृद्धिको खोजि, आर्थिक सूचनाको महत्व र उद्यमशिलताको आवाज उठाउनु हो । जस अन्तरगत प्रथम बैंकिङ  कार्यक्रम २०७४ बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा लगातार ३ दिन संचालन हुन लागेको छ ।


बैंकिङ सूचनाको अभावमा बैंकिङ क्षेत्रले गर्ने कामका बारेमा समेत कतिपय नेपालीलाई जानकारी छैन । बैंकिङ क्षेत्रबाट हुने लगानीका विधिहरु थाहा नहुँदा वा बैंकिङ क्षेत्रले दिने कर्जा र व्याजका बारे समेत थाहा नहुँदा बैंककै बारेमा मानिसहरु अन्योल छन् । यसअर्थ बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउने र बैंकबाटै कर्जा लिएर उद्यमशिलताको विकास गर्ने यस कार्यक्रमको मुख्य उद्येश्य हो । 
बीमा क्षेत्रको विस्तार हुन नसक्दा भइपरि आउने जोखिमबाट समेत नागरिकहरु पीडीत छन् । स्वास्थ्य बीमा होस् या सम्पत्तिको बीमा, समग्र बीमाका बारे जनचेतना बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यसर्थ बीमाको विकास, विस्तार तथा बीमाको आवश्यकता र महत्वका बारे आम नागरिकलाई जानकारी गराउने तथा बीमा गर्नुका फाइदाहरु जानकारी गराएर बीमा क्षेत्रलाई फराकिलो बनाउने यस कार्यक्रमको अर्को उद्येश्य हो । 


हुण्डी कारोबार जस्ता अनधिकृत कारोबारबाट देशलाई राजश्वमा भएको नोक्सानलाई न्युनीकरण गर्ने र हुण्डी संचालन अवैधानिक भएकाले त्यसबाट पैसा पठाउँदाका हानी नोक्सानीका बारे चेतना अभिवृद्धि गर्नुका साथै आधिकारीक रेमिट्यान्सबाट मात्रै पैसा पठाउने बानीको विकास गराउने यस  कार्यक्रमको अर्को उद्येश्य हो । 


म्यानेजमेन्ट, कृषि र पर्यटन जस्ता उद्यमशिलताको खोजिमा अध्ययन गरीरहेका विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि गराएर उनीहरुलाई नेपालमै उद्यमी बनाउने यस कार्यक्रमको अर्को उद्येश्य रहेको छ । जसका लागि उनीहरुमा वित्तीय साक्षरता तथा वित्तीय जागरण ल्याउनेगरी कार्यक्रम संचालन गरिनुका साथै बैंक खाता नभएकाहरुलाई बैंक खाता खोल्न सहजिकरण गर्ने, बैंकिङ टेक्नोलोजी सम्बन्धि जानकारी नभएकाहरुलाई ‘ई बैंकिङ’ विविध बैंकिङ कार्डहरु, तथा ‘मोवाइल बैंकिङ’ सम्बन्धि सहज ढंगले जानकारी गराउने यस कार्यक्रमको उद्येश्य रहेको छ । 


बैंकिङ एक्सपो कार्यक्रम यसपालीबाट सूरु गरिएको बैंकिङ, बीमा तथा शेयरबजार सम्बन्धि सूचनामूलक नयाँ कार्यक्रम हो । यो कार्यक्रम अब हरेक बर्ष संचालन गरिने छ । नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा संचालन हुने यस कार्यक्रममा बीमा समित, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोशियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियशन, नागरिक लगानी कोष, मर्चेन्ट बैंकर्स एसोसियशन तथा अन्य संघसंस्थाहरुको आबद्धता रहेको छ । 


Banking Expo को आकर्षण पक्ष 
बैंकिङ स्टलहरु संचालन गरिने : यो कार्यक्रममा बैकिङ, लघुवित्त, बीमा, शेयर बजारसँग सम्बन्धित तथा अन्य संघसंस्थाका गरी करिव ४५ स्टलहरु संचालन हुनेछन् । नेपाल राष्ट्र बैंक, बीमा समिति, नागरिक लगानी कोष, यूवा स्वरोजगार कोष, नेपाल क्लीयरिङ हाउस, गैरसरकारी एवं सरकारी वित्तीय संघसंस्था, बैंकिङ संघसंस्था, बैंकवित्त कम्पनि, बीमा कम्पनीहरु, माइक्रोफाइनान्स तथा रेमिट्यान्स कम्पनीहरुले सूचनामूलक स्टलहरु राख्नेछन् । 
वित्तीय चेतना अभिबृद्धि कार्यक्रम संचालन : उक्त अवधिभर सूचनामूलक स्टलको साथमा एउटा सभाहल संचालन गरिने छ । जसमा हरेक दिन वित्तीय चेतना अभिवृद्धि, बीमा शिक्षा, उद्यमशिलता जस्ता विषयमा विभिन्न सामग्रीहरु, प्रस्तुत गरिनुका साथै दैनिक रुपमा अन्तरक्रिया कार्यक्रमसंचालन गरिने छ । 
विभिन्न कार्यपत्रहरु प्रस्तुत : नेपालमा क्रियाशिल अन्तराष्ट्रिय वित्तीय संघ संस्था, नेपाल राष्ट्र बैंक, बीमा समिति, बैंकर्स संघ, मर्चेन्ट बैंकर्स एसोसियसन, नेपाल ब्रोकर एसोशियसन, डेभलपमेन्ट बैंकर्स एशोसियशन, वित्त संघ, माइक्रो फाइनान्स एशोसियसन, रेमिटर्स एशोसियसन तथा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रबक्ताबाट सम्बन्धित वित्तीय क्षेत्रको अबस्था बारे कार्यपत्र प्रस्तुत गरिने छ । यसरी प्रस्तुत कार्यपत्रहरु वित्तीय क्षेत्र सुधारका लागि महत्वपूर्ण मार्गदर्शन बन्ने अपेक्षा गरिएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]