April 24th, 2017

बैंकमा जागिर खाने हो ? फेवा विकास बैंकमा दिनुस आवेदन

फेवा विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकमा ब्रान्च म्यानेजर देखि गोल्ड टेस्टर पदमा आबेदन माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, जुनियर अफिसर, जुनियर असिस्टेन्स, गोल्ड टेस्टर पदका लागि आवेदन माग गरेको हो ।
ब्रान्च म्यानेजरका लागि ३ वर्ष बैंकिङ अनुभव र स्नातक तह उर्तिण र गोल्ड टेस्टरका लागि प्लसटु उर्तिण र बैंकिङ अनुभव हासिल गरेका आबेदकले आबेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । आबेदकले बैशाख २५ गते भित्रमा आबश्यक कागजात सहित बैंकको प्रधान कार्यालय पोखरामा बुझाउनु पर्ने हुन्छ । अफिसर तहका लागि ४० र सहायक तहका लागि ३५ वर्ष ननागेका आबेदकले आबेदन दिन सक्ने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]