April 24th, 2017

राष्ट्रपतिबाट बाफिया विधयेक प्रमाणीकरण 

संसदबाट पारित भएको लामो समय पछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाफिया विधेयकमा हस्ताक्षर गरेर प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण भएसंगै बाफिया अब कार्यान्वयनमा आएको छ । बैंकिङ कारोबार गर्दा अब बाफिया ऐनमा टेकेर गर्नुपर्ने हुन्छ । यो ऐन कार्यन्वयन भएसँगै अब सांसद तथा संवैधानिक निकायमा बसेका व्यक्तिहरु बैंकको सञ्चालक बस्न पाइने छैन । राष्ट्रपतिद्वारा प्रमाणित  ऐन नेपाल राष्ट्र बैंकले यसै हप्ता राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको जनाएको छ । 
नेपाल राष्ट्र बैंकले मस्यौदा गरेर पठाएको बाफिया अर्थ मन्त्रालय, अर्थ समिति हुँदै  परिमार्जन सहित व्यवस्थापिका संसदमा पुगेर पनि पुनः  छदफलका लागि संसदको अर्थ समितिमा फिर्ता पठाइएको थियो । संसदबाट पारित भएको लामो समय पछि मात्रै राष्ट्रपतिद्वारा बाफिया प्रमाणीकरण भएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]