April 23rd, 2017

२०२० सम्ममा लिखु खोलाबाट १५७ मेगावाट विजुली !

सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १ सय ५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण शुरू भएका छन् । एमभी दुगड गु्रपका सहायक कम्पनीद्वारा प्रवद्र्धित लिखु १, लिखु २ र लिखु ‘ए’ को गत बिहीवार शुभारम्भ गरिएको हो । 

पान हिमालय इनर्जी प्रालिले लिखु १, ग्लोबल हाइड्रोपावर एशोसिएट प्रालिले लिखु २ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले लिखु ‘ए’ जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् । एउटै लिखु खोलामा लिखु १, २ र ‘ए’ गरी कुल १ सय ५७ मेगावाट क्षमताका परियोजना एकैसाथ निर्माण अघि बढाइएको कम्पनीले बताएको छ । 

तीनओटै आयोजनाको कुल लागत अनुमानित रू. २१ अर्ब छ । आयोजनाहरूबाट उत्पादित बिजुली खरीद–बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता (पिपिए) भइसकेको छ । परियोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतका लागि लक्ष्मी, सिद्धार्थ, सिटिजन बैङ्क र बैङ्क अफ काठमाडौं लुम्बिनीसँग ऋण सम्झौतासमेत भइसकेको छ । यी आयोजना १५ जुलाई २०२० सम्ममा निर्माण सम्पन्न गरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य छ । 

प्रवद्र्धकले थप आयोजना निर्माण गर्ने पनि बताएका छन् । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]