April 23rd, 2017

राष्ट्रिय वाणिज्य बैंकबाट पनि अब आस्वा सेवा पाइने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट पनि अब आस्वा सेवा पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक लाई धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अर्थात आस्वा प्रणालीको अनुमती दिएको हो ।

बैंकले अनुमती प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदा खरिद गर्न चाहने राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला लगानीकर्ताहरुबाट दरखास्त फारम संकलन गरी फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राख्ने र धितोपत्र बाँडफाँड भए पश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववतः रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गरिने छ । 

हाल सहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र बजारको सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७२ वटा शाखा कार्यालयबाट लिन सकिने हुँदा दुरदराजमा रहेका जनताहरुले पनि पुँजी बजारको लाभ लिन सक्ने विश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ब्यक्त गरेका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]