April 21st, 2017

वैशाख २५ भित्र स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँड हुने

स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको थप नयाँ सेयर (एफपिओ)को बाँडफाँड वैशाख २५ गतेभित्रै हुने भएको छ । नेपाल धितोपत्र बोर्डले स्टान्डर्ड चार्टर्ड बैंक नेपालको एफपिओ निष्काशन गरेको ५० दिनभित्र बाँडफाँड गरिसक्न निर्देशन दिएको छ । हाल बजारमा देखिएको तरलता अभावलाई दृष्टिगत गर्दै धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो । बाँडफाँडपछि  दुई लाख २५ हजार लगानीकर्ताको ३८ अर्ब बजारमा फर्किएर तरलता अभाव सहज हुने अपेक्षा बोर्डको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ गत चैत्र ४ गतेसम्म निष्काशन गरेको थियो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]