April 21st, 2017

डिप्रोक्स लघुवित्तको हकप्रद सेयर वैशाख २५ गतेसम्म भर्न पाइने

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले हकप्रद सेयर भर्ने अवधि थप गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर भर्ने अवधि १५ दिन थप गरेको हो । यसअघि वैशाख १० गते निष्काशन बन्द गरिने भनिएको सेयरमा अब वैशाख २५ गतेसम्म आवेदन दिन पाइने भएको छ । 

बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २५ करोड ७९ लाख २३ हजार आठ सय ४५ रुपैयाँ बराबरको २५ लाख ७९ हजार दुई सय ३८ दशमलव ४५ कित्ता हकप्रद सेयर निष्काशन गरेकोमा माग गरिएभन्दा न्यून आवेदन परेपछि आवेदन दिने म्याद थप गरेको जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ । कम्पनीको हकप्रद नविल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्स लघुवित्त विकास बैंकको सम्पूर्ण कार्यालयबाट आवेदन दिन सकिन्छ ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको समग्र अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । इक्रा नेपालले कम्पनीको वर्तमान र भावी सम्भावनाको आधारमा १ देखि ५ सम्मको रेटिङ प्रदान गर्छ । १ रेटिङले कम्पनीको अवस्था उत्कृष्ट र ५ रेटिङले कमजोर रहेको देखाउँछ । 

हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]