April 20th, 2017

नेपाल बंगलादेश बैंकको हकप्रद खुल्यो, जेठ १० गते सम्म आवेदन दिन पाइने

नेपाल बंगलादेश बैंकको हकप्रद बिहिबारबाट निष्कासन शुरु भएको छ । बैंकले बिहिबारबाट आफ्ना शेयर धनीलाई १० बराबर ८ अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्काशन शुरु गरेको हो । कम्पनीको शेयरमा लगानीकर्ताले आज अर्थात बिहिबार बैसाख ७ देखि जेठ १० गतेसम्म आवेदन दिन पाउने भएका छन् ।
बैंकले सय रुपैयाँ अंकित मूल्यमा ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँको ३ करोड २० लाख ९४ हजार भन्दा बढी कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]