April 19th, 2017

एनआइसी एसिया बैंकले कमायो एक अर्ब १३ करोड

एनआइसी एसिया बैंकले तेस्रो त्रैमासिक सम्ममा १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले चैत मसान्त  अर्थात तेस्रो त्रैमासिक सम्मको मुनाफा ५० प्रतिशतले बढाएर एक अर्ब १३ करोड रुपैयाँ बनाएको हो । अघिल्लो वर्षको चैतसम्म बैकले ७५ करोड ९५ लाख रुपैयाँ मुनाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी मात्रै एक खर्ब ८४ करोड रुपैयाँ  गरेको छ । 
गत बर्ष यस्तो आम्दानी एक अर्ब ३७ करोड रुपैयाँ थियो । बैंकसँग सर्वसाधारणको निक्षेप ७९ अर्ब ६ करोड रुपैयाँ छ । एक बर्षमा निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ । एनआइसी एसिया बैंकको चुक्ता पुँजी हाल ६ अर्ब ३५ करोड रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]