April 19th, 2017

लक्ष्मी बैंकले ल्यायो अधिकतम् ब्याजदरको ‘अरेन्ज बचत खाता’

लक्ष्मी बैंक लिमिटेडले अधिकतम् ब्याजदर सहितको ‘अरेन्ज बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले नयाँ सेवा सुविधा सहित वार्षिक ७ प्रतिशत व्याजदरमा अरेन्ज बचत खाता ल्याएको हो । बैंकले ल्याएको नयाँ ब्याजदर बजारमा कायम व्याजदरहरुमा अधिकतम मध्ये एक हो । यस वचतका खाताका ग्राहकहरुले ५ लाख रुपैयाँको न्युनतम मौज्दात कायम राखी कुनै थप सेवा शुल्क बिना नै १० लाख रुपैयाँ बराबरको बीमा सुविधा र अन्य बैंकिङ्ग सुविधामा छुट पाउने व्यवस्था रहेको छ ।

बैंकले न्युनतम मौज्दात भन्दा माथी भएको मौज्दात रकमलाई ग्राहकले बैंकको उच्चतम व्याजदरमा अन पिmक्सड डिपोजीट खोल्न मिल्ने व्यवस्था समेत गरेको छ । यसका अतिरिक्त लक्ष्मी बैंकले आफ्नो अन्य वचत खाताहरुमा पनि ब्याज पुनरावलोकन गरि व्याजदर वृद्धि गरी साधारण वचत खातामा ५% र बिशेष वचतखाताहरुमा ६% सम्म व्याज दिने घोषणा गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]