April 19th, 2017

मिर्मिरे माइक्रोफाइनान्सले पायो हकप्रद निष्कासन अनुमति

काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेण्ट बैंकले ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मिर्मिरे माइक्रोफाइनान्सलाई ५० प्रतिशत हकप्रद अर्थात् २ बराबर १ अनुपातको हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी चार करोड पचास लाख रुपैयाँ पुग्नेछ ।

मिर्मिरे माईक्रोफाईनान्सले आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ५० दशमलव २२ प्रतिशतले वृद्धि गरी ८४ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो बर्षमा बैंकले जम्मा मुनाफा ५५ लाख रुपैयाँ मात्र कमाएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]