April 18th, 2017

कैलाश विकास बैंकको सिइओमा अमृतचरण श्रेष्ठ नियुक्त

कैलाश विकास बैंक लिमिटेडको संचालक समितिको बैठकले संचालक  नारायण प्रसाद पौडेललाई समितिको अध्यक्षपदमा  र अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोछ । बैठकले  आगामी २०७४ जेष्ठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको दुई कार्यकाल मिति २०७४ जेष्ठ १३ गते समाप्त हुने भएपछि संचालक समितिले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]