April 17th, 2017

‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’मा एनआईसी एसिया बैंक विजयी 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वार्षिकोत्सवका उपलक्ष्यमा ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’को तेश्रो संकरण सम्पन्न गरेको छ । वैशाख २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एनआईसी एसिया बैंक विजयी भएको छ ।

१७ वटा वाणिज्य बैंक सहभागी भएको प्रतियोगितामा एनएमबि बैंक उपविजेता र सिद्धार्थ बैंक तेस्रो भएका छन् । विजेता, उपविजेता र तेस्रो हुने टिमका खेलाडीहरुलाइ सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकारी राजन सिंह भण्डारीले पुरस्कार समेत वितरण गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]