April 17th, 2017

पुँजीवृद्धिमा कस्सियो लुम्बिनी जनरल इन्स्योरेन्स, शतप्रतिशत हकप्रद जारी गर्दै

लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत चैत्र २९ गते निवेदन दिएको धितोपत्र बोर्डले जनाएको छ । 

लुम्बिनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड रुपैयाँ बराबरको ३९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले सीबीआईएल क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

हाल लुम्बिनी जेनेरल इन्स्योरेन्सको चुक्तापुँजी ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १८.१८ प्रतिशत बोनस सेयर जारी गर्दैछ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४६ करोड रुपैयाँ पुग्नेछ । बोनसअघिकै चुक्तापुँजीबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]