April 10th, 2016

‘गोर्खाज फाइनान्स’ले सुरु गर्यो एकीकृत कारोबार 

ktm-gurkhaगोर्खाज फाइनान्सले आइतबादेखि कारोबार सुरु गरेको छ । गोर्खा विकास बैंकलाई काठमाडौँ फाइनान्समा मर्ज गरी ‘गोर्खाज फाइनान्स’बनाएपछि बैंक र फाइनान्स सहमतिमा बिहिबारदेखि तीन दिनसम्मको लागि कारोबार बन्न्द गरिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिएपछि गोर्खाज फाइनान्सको कार्यालय डिल्लीबजारको चारखालबाट बिहिबारदेखि संयुक्त कारोबार थालिएको हो । 

गोर्खा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक भएपनि राष्ट्र बैंकको निर्देशनमा एक तह घटेर फाइनान्समा मर्ज भएको थियो । २०६७ सालमा राष्ट्र बैंकद्धारा गोर्खा समस्याग्रस्त बैंक घोषित भएको थियो । समस्याग्रस्त बैंक घोषणा भएपछि राष्ट्र बैंकले व्यवस्थापनमा हस्तक्षेप गरी उपनिर्देशक मुक्ति प्रसाद सापकोटाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको थियो । संस्थागत पारदर्शीता र सुशासनको कमीले गर्दा आर्थिक रुपमा जर्जर बनेको बैंकको व्यवस्थापन राष्ट्र बैंकले सम्हालेपछिकेही सुधार भएको थियो । राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि  सेयरको स्वप रेसियो कायम गर्दा ६४ करोड रुपैयाँ चुक्ता पुँजी घटेर १९ करोड ८२ लाख ४६ हजार  रुपैयाँमा कायम भएको थियो । चुक्ता पुजी घटेपछि व्यवस्थापनले काठमाडौँ फाइनान्ससंग मर्जर गर्ने प्रक्रिया अघि बढाएको थियो ।

मर्जअघि गोर्खा विकास बैंकको चुक्ता पुँजी झण्डै १९ करोड रुपौयाँको हाराहारीमा थियो भने काठमाडौँ फाइनान्सको चुक्ता पुँजी ३८ करोड चार लाख १७ हजार रुपैयाँ रहेको थियो । संयुक्त कारोबारपश्चात् भने गोर्खाज फाइनान्सको चुक्ता पुँजी ५८ करोड रुपैयाँ पुगेको बताईएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]