April 10th, 2016

एसबिआई बैंकलाई औद्योगिक शान्ति पुरस्कार 

sbi bankनेपाल एसबिआई बैंक औद्योगिक शान्ति पुरस्कार २०७२ बाट सम्मानित भएको छ । स्वच्छ औद्योगिक सम्बन्ध एवं मानव संसाधन (एचआर) अभ्यास र व्यवस्थापन सुधार तथा स्तर मुल्यांकनका आधारबाट बैँकलाई सम्मान गरिएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले शीर्ष स्थान हासिल गर्ने निजी क्षेत्रतर्फ नेपाल एसबिआई बैंक र सार्वजानिक क्षेत्रतर्फ कर्मचारी संचय कोषको व्यवस्थापन तथा युनियनलाई उक्त पुरस्कारले सम्मानीत गरेका थिए । नेपाल राष्ट्र बैंक लगायत वित्तीय क्षेत्रमा कार्यारत कर्मचारीहरुको छाता संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले आफ्नो २५ औं वार्षिक उत्सवको आवसरमा उक्त सम्मान कार्यक्रम आयोजना गरको हो ।  

गर्भनर डा. नेपालले बैंकले हासिल गरेको सफलताका लागि बैंक व्यवस्थापन तथा बैंकको युनियन तथा श्रम सम्बन्ध समितिलाई बधाई दिदै व्यवस्थापनका तर्फबाट कम्पनी सचिव रमेश घिमिरे र युनियनका तर्फबाट युनियन अध्यक्ष आनन्द उपाध्यायलाई सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]