April 14th, 2017

लिलामीमा मञ्जुश्री फाइनान्सको सेयर मंगलबारसम्म

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले आज (चैत्र २८ गते) देखि १० लाख चार हजार ९० कित्ता सेयर लिलामीमा निकालेको छ । फाइनान्सले हकप्रद निष्काशनको क्रममा नबिकेको सेयर लिलामीमा विक्री खुला गरेको हो । 

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरको लागि माघ ६ गते देखि फागुन ११ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ नौ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण समूह तर्फ ६९ हजार १६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति २०७४ वैशाख ५ गते रहेको छ ।

कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ । कम्पनीको विक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]