April 12th, 2017

नेपालको वित्तीय क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड डलर ऋण दिने

नेपाल वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्नका लागि विश्व बैंकले १० अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ । नेपालको वित्तीय क्षेत्रको दीर्घकालिन स्थायित्व कायम गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)ले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग दिने भएको हो । सरकारको मध्यावधि कार्यक्रम सुधार र वित्तीय क्षेत्रको जोखीम न्यूनीकरणका लागि विश्व बैङ्कले उक्त सहयोग गर्न लागेको बताइएको छ । 

विश्व बैंकले उपलब्ध गराउने ऋण रकम आगामी आर्थिक वर्षको बजेट प्रणालीमा समाहित गरिने बताइएको छ । उक्त ऋणको उपयोगले नेपालको बैंकिङ क्षेत्रमा कानुनी दायरा फराकिलो हुने, वित्तीय अपराध नियन्त्रण हुने र बैंकिङ क्षेत्रको जोखिम न्यूनीकरण हुने विश्वास लिइएको छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]