April 12th, 2017

टुरिजम डेभलपमेन्ट बैंकद्धारा कलंकी शाखाको उद्घाटन

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले बुधबार आफ्नो कलंकी शाखाको औपचारिक उद्घाटन गरेको छ । शाखा सञ्जाल विस्तारको क्रममा बैंकले आफ्नो स्थापनाको सातौं बार्षिकोत्सवको अवसर पारेर हालै संचालनमा आएका ७ शाखाहरू मध्ये कलंकी शाखाको उद्घाटन गरेको हो । बैंकद्घारा बुधबार (चैत्र ३० गते) आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठद्धारा शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । यससँगै टुरिजम डेभलपमेन्ट बैंकको शाखा संख्या २९ र एक एक्सटेन्सन काउन्टर गरी कुल ३० पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]