April 11th, 2017

यती र महालक्ष्मी मर्जरपछि सबैभन्दा ठूलो विकास बैंक बन्ने

राष्ट्रिय स्तरका दुई विकास बैंकहरु गाभिएर देशकै सबैभन्दा ठूलो विकास बैंक बन्ने भएका छन् । यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक एकआपसमा मर्जरमा जान लागेका हुन् । यी बैंकबीचको मर्जर सहमतिलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ । 

मर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्ने छ भने निक्षेप २३ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी १९ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि महालक्ष्मी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिने बैंकको शाखा संख्या ६५ तथा ग्राहक संख्या तीन लाख ४५ हजार पुग्नेछ । यससँगै, महालक्ष्मी विकास बैंक देशकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुने बताइएको छ । 

मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा महालक्ष्मीबाट चार र यतीबाट चार गरी कुल आठ सदस्य रहने व्यवस्था गरिएको छ । सम्पत्ति दायित्व मूल्यांकनपश्चात् आउने प्रतिवेदनलाई आधार बनाई सेयर स्वाप अनुपात निर्धारण गर्ने सहमति भएको बताइएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]