April 5th, 2017

वैशाख १४ गते सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा, यस्ता छन् प्रस्तावहरु

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख १४ गते आठौँ वार्षिक साधारणसभा गर्ने भएको छ । उद्योग संगठन मोरङको सभाकक्ष शहिदमार्ग, तीनपैनी विराटनगरमा बिहान ११ बजे सुरु हुने साधारणसभामा कम्पनीले ५५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सार्दैछ । साथमा कर प्रयोजनका लागि १६ लाख ४४ हजार सात सय ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्दैछ । 

सभामा कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने सेयर संरचना बमोजिम जारी तथा चुक्ता पुँजी  बृद्धि गर्ने प्रस्ताब पनि लग्दैछ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । ०७५ असार मसान्तसम्मका कम्पनीले दुई अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २८ गतेदेखि बैशाख १४ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, चैत्र २७ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारणसभामा भाग लिन पाउनेछन् भने प्रस्तावित बोनस सेयर पनि २७ गतेसम्म कायम सेयरधनीले मात्रै पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]