April 3rd, 2017

ग्लोबल आईएमई बैंकको दशौँ साधारणसभा : १५.७६ प्रतिशत बोनस सेयर पारित

ग्लोबल आइएमई बैंक लिमिटेडका सेयरधनीले १५.७६ प्रतिशत बोनस सेयर पाउने भएको छन् । बैंकको सोमबार (चैत्र २१ गते) सम्पन्न दशौँ बार्षिक साधारणसभाले गत आर्थिक वर्षको योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस पारित भएसँगै ग्लोबल आईएमई बैंकको चुक्तापुँजी सात अर्ब २४ करोड २६ लाख ६१ हजार चार सय ३२ रुपैयाँ पुगेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न साधारण सभाले संस्थापक सेयरधनी समुहबाट चन्द्र प्रसाद ढकाल, सुहृदराज घिमिरे, पवन कुमार भिमसरिया र सर्वसाधारण सेयरधनीको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल र सुरज कुमार श्रेष्ठलाई संचालकमा निर्विरोध रुपमा निर्वाचित गरेको छ । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।  ८७ अर्ब निक्षेप, ७२ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ९४ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]