April 3rd, 2017

काठमाडौंमा इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरियो , पैसा निकाल्दै गर्दा अभियूक्त पक्राउ

काठमाडौंको दरबारमार्गमा रहेको इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट ५४ वटा एटिएम कार्ड बरामद गरेको छ। बरामद गरिएका  कार्डमा प्रो इन्भेन्ट ९३२५ लेखिएको छ। सो सूचना लेखिएको कार्ड एटिएम बुथभित्र अड्कीएसँगै उनी पक्राउ परेका हुन् । सोस्नोभको साथबाट एक हजारका १ सय ३४ थान नोटसहित प्रहरीले १ लाख ४४ हजार ३ सय ५० रुपैयाँ र मोइबाल सेट बरामद गरेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]