April 3rd, 2017

बाँकेमा प्रभु बैंकद्धारा आँखा शिविर सम्पन्न

प्रभु बैंक लिमिटेड नेपालगञ्ज शाखा कार्यालयले आँखाशिविर सम्पन्न गरेको छ । आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्रदायित्व अन्तर्गत विभिन्न समाज उपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आएको बैंकले नेपाल नेत्र ज्योती संघ फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्यमा उक्त आँखा शिविर सम्पन्न गरेको हो । यस जिल्लाको रनियापुर गाविसका अधिकांश मानिसहरुमा आँखासम्बन्धी समस्या रहेको तथ्यांकलाई मध्यनजर गर्दै बैंकले रनियापुर स्वास्थ्य चौकी प्राङ्गणमा शिविर राखेको बताएको छ । 

सो शिविरमा करिब २५० जनाले आँखा जाँच गराएका थिए । शिविरमा आँखाका बिरामीहरुलाई निशुल्क औषधी तथा चश्मा बितरण गरिएको थियो । सो शिबिरमा सहभागी हुने मोती बिन्दु हुने बिरामीलाई फत्तेवाल आँखा अस्पतालले अपरेशनका लागि ५० प्रतिशत छुट दिने निर्णय समेत गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]