April 2nd, 2017

श्रवण शक्ति कम भएका विद्यार्थीलाई प्रभु बैंकको सहयोग 

अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित प्रभु बैंक लिमिटेडको शाखा कार्यालयले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ति कम भएका विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । 

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष्य फर्सुराम पाण्डेको अध्यक्षतामा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ती कम भएका १० जना आवासीय बिद्यार्थीहरुलाई दैनिक रुपमा प्रयोगमा आउने ओढ्ने ओछ्याउने कपडा, कापी, कलम, मसी लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । 

सोही विद्यालयमा अध्यनरत ३ जना अपाङ्ग विद्यार्थीहरुको लागि प्रतिव्यक्ति दुई दर्जन कापी र अन्य शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको बैंकले जनाएको छ । 

ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु बैंकका सन्धिखर्क शाखा कार्यालयका शाखा प्रबन्धक सरोज ज्ञवालीले हस्तान्तरण गरेका थिए ।

प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निशुल्क स्वास्थ्य जाँच, रक्तदान लगायतका विभिन्न समाजपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]