April 2nd, 2017

इटहरीमा टुरिजम डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडेले इटहरी शाखाको औपचारिक रुपमा उद्घाटन गरेको छ । बैंकले आइतबार (चैत्र २० गते) एक विशेष कार्यक्रमको आयोजना गरी उक्त शाखाको उद्घाटन गरेको हो । नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक रामु पौडेल, इटहरी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शैलेष कुमार बिष्ट तथा बैँकका संचालक भिम प्रसाद पन्तले संयुक्त रुपमा रिबन काटेर उक्त शाखाको उद्घाटन गरेका हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]