April 2nd, 2017

नेपाल बैंकको ५७औँ साधारणसभा सम्पन्न

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको ५७ औं साधारणसभा मिति २०७३ चैत्र २० गते काठमाडौँमा सम्पन्न भएको छ । सभामा बैंकको सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले आ.व. २०७२/७३ को वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गरे । 

आर्थिक वर्ष २०७२/७३ मा बैंकको सञ्चालन नतिजा उत्साहजनक रहेको बैंकले जानकारी दिएको छ । बैंकको निक्षेप १४.६३ ५ ले वृद्धि भई रु. ८९ अरब ४१ करोड पुगेको छ भने कर्जा १८.९९ ५ ले वृद्धि भई रु. ६३ अरब ५२ करोड पुगेको छ । लगानी २३.९८ ५ ले घटेर १२ अरब ८७ करोड पुगेको छ । जगेडा तथा कोषहरु १०९.४५ ५ ले वृद्धि भई  रु. २ अरब ४८ करोड ले धनात्मक भएको छ जुन गत आ.व. मा रु. २ अरब ६३ करोड ऋणात्मक रहेको थियो । पूंँजीकोष २.७० ५ ले वृद्धि भई १०.२० ५ मा पुगेको छ भने निष्कृय कर्जा ०.८७  ५ ले घटेर ३.११ ५ रहेको छ । 

हाल नेपाल बैंकको सञ्चालक समितिमा नेपाल सरकारबाट नियुक्त भएका जनार्दन शर्मा आचार्य अध्यक्ष तथा सदस्यहरु रामशरण पुडासैनी, डा. डम्बरबहादुर भण्डारी, दीपेन्द्र विक्रम थापा र डा.उमाकान्त सिलवाल (व्यावसायिक विशेषज्ञ) एवं सर्वसाधारण सेयधनीहरुको तर्फबाट निर्वाचित दुई जना सदस्यहरु सुरेन्द्रबहादुर सिंह र निश्चल प्रधान रहेका छन् ।              

भावी योजनाहरु
यस आर्थिक वर्षभित्र नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पूँजी न्यूनतम आठ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य बैंकले लिएको छ । यसका लागि बैंकले १०ः२.३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । बैंकलाई वित्तीयरुपले  बलियो बनाउन बैंकको उपयोगमा नआएका बैंकिङ्ग सम्पत्तिहरुको विक्री गर्ने नीति लिएको बैंकले जनाएको छ । यसबाहेक सेयरधनीहरुको चाहना अनुसार सकेसम्म छिटो प्रतिफल दिने प्रयासमा बैंकले निरन्तर काम गरिरहेको र आगामी दिनमा पनि गरिरहने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । नियमनकारी निकायले दिएको निर्देशन बमोजिम कृषि, जलविद्युत, घरेलु, साना तथा मझौला उत्पादनमूलक उद्योग, प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी बढाउने योजनाका साथ ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी नयाँ योजनाहरु ल्याई रहेको र अझ थप नयाँ योजनाहरु ल्याई प्रतिस्पर्धी व्याजदरमा छिटो छरितो सेवा विस्तार गर्ने कार्ययोजना रहेको बताइएको छ । 

सभामा साधारण सेयरधनीहरुले व्यक्त गरेका गुनासा एवम् सुझावहरुको प्रत्युत्तरमा सञ्चालक समितिका अध्यक्षले सुझावहरुको कार्यान्वयन गर्ने तथा बैंक विकास प्रति आफु प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।                                                                                                
                                                                         


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]