March 30th, 2017

मुक्तिनाथ विकास बैंकको ५६ औं शाखा काठमाडौँको सितापाइलामा 

मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँको सितापाइलामा नयाँ शाखा विस्तार गरेको छ । उक्त  शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर ज.ब.रा.ले विहीबार एक समारोहका बीच गरेका हुन् । 

उद्घाटन मन्तव्यका क्रममा जबराले यस विकास बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ्ग, सीमित बैंकिङ्ग र लघुवित्त सेवा उत्कृष्ठ रहेको बताए । साथै यस विकास बैँकले वित्तीय सेवाको अलावा सामाजिक सेवाभाव पनि राखेको देखिएको बताए । आफ्ना ग्राहकहरुलाई चिनेर दिएको सेवाले बैंकको दिगोपनामा अवश्य सहयोग गर्ने उनको भनाइ थियो ।

बैकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सितापाइला शाखाका शाखा प्रवन्धक भरत खनालले स्वागत मन्तब्य राखे भने बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरे । बैंकले नेपाली समाजका विद्यमान समस्याहरु समाधान गर्न र कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्त वित्तीय सेवाहरु प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको उनले बताए ।

शाखा समुद्घाटन कार्यक्रममा उक्त क्षेत्रका कर्मचारी, व्यापारी, समाजसेवी, र स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउँदो कुल ५६ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ । यस विकास बैँकले हाल कुल रु. १५ अर्ब २० करोड निक्षेप संकलन गरी रु. १३ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]