March 30th, 2017

झन्डै पाँच अर्बको ट्रेजरी बिल विक्रीका लागि बोलकबोल

नेपाल राष्ट्र बैंकले चार अर्ब ९२ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले ९१ दिने अवधिको ५६ करोड रुपैयाँ र ३६४ दिने अवधिको चार अर्ब ३६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । 

आगामी सोमबार (चैत्र २१ गते) दिउसो ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी बिल मंगलबार (चैत्र २२ गते) निष्काशन गरिने बताइएको छ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी असार २० गते र ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ चैत्र २० गते परिपक्व हुनेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]