March 28th, 2017

लिलामीमा जनता बैंकको सेयर किन्ने आज अन्तिम दिन, छुट्नुहोला है !

लिलामीमा जनता बैंक नेपाल लिमिटेडको सेयर किन्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । बैंकलेसात लाख ६७ हजार पाँच सय ५२ कित्ता हकप्रद सेयर गत चैत्र १ गतेदेखि लिलामीमा विक्री गरिरहेको छ । बैंकले पुस ११ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ तीन लाख ९६ हजार पाँच सय २६ कित्ता र सर्वसाधारण समूहतर्फ तीन लाख ७१ हजार २६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।

सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । जसअनुसार, एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । प्राप्त बोलपत्रहरुको छनोट गरी चैत २२ गते बाँडफाँट गरिनेछ । बाँडफाँटमा नपरेका आवेदकहरको बोलकबोल वापत जम्मा भएको रकम चैत २७ गते फिर्ता गरिने बताइएको छ । 

बैंक सेयर निष्काशन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङको कार्यालय कमलपोखरीबाट आवेदन गर्न सक्नेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]