March 25th, 2017

लिलामीमा हिमालयन बैंकको सेयर किन्ने म्याद १६ गतेसम्म

हिमालयन बैंक लिमिटेडले एक लाख ४५ हजार पाँच सय ६० कित्ता सेयर लिलामीमा विक्री गरिरहेको छ । बैंकले हकप्रद निष्कासनको क्रममा नबिकेको सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । चैत्र १० गतेदेखि विक्री सुरु भएको सेयर लिलामी १६ गते बन्द हुनेछ । 
 
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । हिमालयनको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर, काठमाडौंमा पुग्ने गरी आवेदन फारमबुझाउनुपर्नेछ ।  बोलपत्र चैत १७ गते बिहान ११ बजे जय गणेश कमलादी ब्यांकेट, कमलादी काठमाडौंमा खोलिनेछ ।

हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]