March 24th, 2017

नेपाल हाइड्रो डेभलपरले तीन लाख ९० हजार कित्ता आईपिओ जारी गर्ने

नेपाल हाइड्रो डेभलपर लिमिटेडले तीन लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण सेयरधनीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । 

सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बुधबार (चैत्र ९) गते बोर्डमा निवेदन दिएको हो । सेयर निष्काशनका लागि नेपाल हाइड्रोले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाइड्रोले आयोजना प्रभावित क्षेत्र दोलखाका जिल्लाका वासिन्दाहरुका लागि दुई लाख ६० हजार कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]