March 23rd, 2017

सामान्य अंकले बढेर बन्द भयो सेयर बजार, ९५ करोडको कारोबार

साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ४.९६ अंकले बढेर १४८६.०४ अंकमा पुगेको छ । होटल र अन्य समूह क्रमशः १३.५६ र ५.५ अंकले घटेका छन् भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत् फाइनान्स, बीमा र उत्पादमूलक क्रमशः ५.०८, ८.९५, ४६.०१, २.८६, ९.५९ र ३.०१ अंकले बढेका छन् । 

केही दिनदेखि अर्बमाथिको कारोबार भइरहेको बजारमा विहीबारको कारोबार एक अर्बबाट झरेको छ । दिनभरिमा १४३ वटा कम्पनीको १९ लाख ४३ हजार नौ सय ४० कित्ता सेयर आठ हजार एक सय ४९ पटक खरिदविक्री हुँदा ९५ करोड २२ लाख ५९ हजार पाँच सय ५० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, सानिमा बैंकको पाँच करोड सात लाख ८२ हजार आठ सय तीन रुपैयाँको कारोबार हुँदा एनबि बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रो र एनसीसी बैंकको चार करोडमाथिको कारोबार भएको छ भने सेञ्चुरी बैंक र सानिमा माइ हाइड्रोको तीन करोडमाथिको कारोबार भएको छ । सनराइज बैंक, नेपाल बैंक, गरिमा विकास बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

रिडी हाइड्रो र मिथिला लघुवित्त सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा आईएलएफसीओ माइक्रोफाइनान्स र गुडविल फाइनान्सका सेयरधनीले ९.९६ प्रतिशतका दरले कमाएका छन् भने अपि पावर कम्पनी, सेती फाइनान्स, जेविल्स फाइनान्स, भार्गव विकास बैंक र अरुण भ्याली हाइड्रोका सेयरधनीले पनि ९ प्रतिशतभन्दा बढीले कमाएका छन् । विजय लघुवित्तका सेयरधनीले ८.९२ प्रतिशतले सम्पत्ति बढाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिन्धु विकास बैंकका सेयरधनीले ७.११ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाउँदा रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले पनि ७ प्रतिशतका दरले गुमाएका छन् भने ललितपूर फाइनान्सका सेयरधनीले ६.४३ प्रतिशतका दरले गुमाएका छन् । माउन्ट मकालु डेभलपमेन्ट बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, एनएमबि माइक्रोफाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, नागबेली लघुवित्त, गुहेश्वरी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]