March 23rd, 2017

चैत्र ३१ गते कृषि विकास बैंकको साधारणसभा, केके छन् प्रस्तावहरु ?

कृषि बिकास बैंक लिमिटेडले चैत्र ३१ गतेका लागि १०औं साधारण सभा डाकेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले चैत्र १८ गतेदेखि चैत ३१ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारणसभामा भाग लिन पाउनेछन् । 

उक्त साधारणसभामार्फत बैंकले अघिल्लो बर्षको नाफाबाट प्रस्ताव गरिएको २० प्रतिशत बोनस सेयर, कर प्रायोजनको लागि १.०५ प्रतिशत नगद लाभांस लगायत प्रस्ताव पास गर्नेछ ।

२० प्रतिशत बोनस सेयर र हालै जारी गरेको ५० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पूँजी सात अर्ब आठ लाख रुपैंयाँ पुग्ने छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]