March 23rd, 2017

एकआपसमा गाभिए दुई फाइनान्स, सेन्ट्रल फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु

सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेड एकआपसमा गाभिएका छन् । दुई संस्था गाभिएर विहीबारदेखि सेन्ट्रल फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । 

हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ र भक्तपुर फाइनान्सको चुक्तापुँजी चुक्ता पूँजी २१ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको छ । दुई संस्था गाभिएपछि बनेको संस्थाको चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ भएको छ । संस्थाको निक्षेप २ अर्ब ३६ करोड ७१ लाख र कर्जा लगानी २ अर्ब २३ करोड ९६ लाख पुगेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड मर्जरपछि हकप्रद र बोनस सेयर जारी गरेर पुर्याउने जनाएको छ । 

मर्जरपछि फाइनानसको निक्षेप दुई अर्ब ६४ करोड रुपैयाँ र ऋण लगानी दुई अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । शाखा चाहबिल, नारायणघाट, बुटवल र भक्तपुरमा छ भने केन्द्रीय कार्यालय ललितपूरमा रहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]