March 23rd, 2017

हिमालयन बैंकको झन्डै डेढ लाख कित्ता सेयर लिलामीमा आयो

हिमालयन बैंक लिमिटेडले बिहीबारदेखि एक लाख ४५ हजार पाँच सय ६० कित्ता सेयर लिलामीमा निकालेको छ । बैंकले हकप्रद निष्कासनको क्रममा नबिकेको सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । 

लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । फारम भर्ने अन्तिम म्याद चैत १६ गतेसम्म रहेको छ । हिमालयनको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।  बोलपत्र चैत १७ गते बिहान ११ बजे जय गणेश कमलादी ब्यांकेट, कमलादी काठमाडौंमा खोलिनेछ ।

हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]