March 22nd, 2017

तीन सेयर ब्रोकरले पाए उपत्यकाबाहिर शाखा संचालन गर्ने अनुमति

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले तीन सेयर ब्रोकर कम्पनीलाई तत्काल विस्तारित शाखा संचालनमा ल्याउन अनुमति दिएको छ । नेप्सेले सनि सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि.र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई विस्तारित शाखा संचालनमा ल्याउन बुधबार (चैत्र ९ गते) अनुमति दिएको हो । शाखा संचालन गरेर लगानीकर्तालाई सेवा उपलब्ध गराउन कारोबार लिंक समेत उपलब्ध गराइसकेको नेप्सेले जनाएको छ । यी ब्रोकरले आवेदनअनुसार, क्रमशः नारायणगढ, बनेपा र विर्तामोडमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएका हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]