March 22nd, 2017

सेवा विकास बैंकको साढे सात लाख कित्ता सेयर लिलामीमा आउँदै

सेवा विकास बैंक लिमिटेडले सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले हकप्रद निष्काशनको क्रममा नबिकेको संस्थापक समूहतर्फको सेयर चैत २४ गतेदेखि लिलामीमा विक्री गर्न लागेको हो । शिलबन्दी बोलपत्र चैत ३० गतेसम्म पेश गर्न पाइनेछ । 

सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हँुदा सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]