March 22nd, 2017

चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्रै सानिमा बैंकको हकप्रद भर्न पाउने

चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्रै सानिमा बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । बैंकले हकप्रल प्रयोजनका लागि चैत्र १८ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । 

सानिमाले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले गत फागुन ३० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सेयर निष्काशनका लागि बैंकले सीबीआईएल क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सानिमा बैंकको चुक्तापुँजी पाँच अर्ब ३० करोड ५८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]