March 22nd, 2017

चैत्र २४ गतेदेखि सिटिजन्स बैंकको हकप्रद, हेर्नुस् आवेदन दिने ठाउँहरु

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हकप्रद सेयर निष्काशन चैत्र २४ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रदमा फागुन २४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन बैशाख २७ गतेसम्म खुला रहनेछ । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त हकप्रदमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३८ हजार रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]