March 21st, 2017

३७.८५ अंकले बजार बढ्दा पनि अभागी ठहरिए यी १३ कम्पनीका सेयरधनी

मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ४२ अंकको उछाल आएको बजार मंगलबार ३७.८५ अंकले बढेर १४६२.२३ अंकमा पुगेको छ । उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह हरियो भएका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ३९.४७, ३७.८, ७६.३४, २०.६५, १२.६६, १०८.४ र ४.०५ अंकले बढ्दा उत्पादनमूलक समूह स्थिर रहेको छ । 

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार एक अर्ब २६ करोडको कारोबार भएको बजारमा मंगलबार एक अर्ब ४२ करोड ४९ लाख दुई हजार पाँच सय १७ रुपैयाँको कारोबार भएको छ । कुल १४७ वटा कम्पनीको २२ लाख ३४ हजार ५३ कित्ता सेयर नौ हजार एक सय ९२ पटक खरिदविक्री भएका छन् । नेशनल लाइफ इन्स्योरेन्सको मात्रै ११ करोड ८३ लाख ७७ हजार पाँच सय ४५ रुपैयाँको कारोबार भएको छ भने एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेपाल इन्भेष्टमेन्ट प्रोमोटरको पाँच करोडमाथिको सेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र सानिमा बैंकको चार करोडमाथिको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंकको तीन करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । 

मंगलबार लक्ष्मी लघुवित्त, छिमेक लघुवित्त, रिलायबल माइक्रोफाइनान्स र डिप्रोक्स डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने कालिका माइक्रोक्रेडिट, नेरुडे लघुवित्त र फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले ९.९९ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्त, रुरल माइक्रोफाइनान्स, साना किसान विकास बैंक, स्वाबलम्बन विकास बैंक, विजय लघुवित्त, वोमी माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, मुक्तिनाथ विकास बैंक, समिट माइक्रोफाइनान्स, नेपाल ग्रामीण विकास बैंक, नेपाल एसबीआई बैंक र सेती फाइनान्सका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

मंगलबार जम्मा १३ कम्पनीका सेयरधनीले अधिकतम ३.३८९८ प्रतिशतदेखि न्यूनतम ०.१५८७ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सबैभन्दा धेरै ललितपूर फाइनान्स र थोरै एसियन लाइफ इन्स्योरेन्सका सेयरधनीले गुमाएका हुन् । यीबाहेक, नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, कन्काई विकास बैंक, खानीखोला हाइड्रो, नविल इक्विटी फण्ड, अपि पावर कम्पनी, गुहेश्वरी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, एनएमबि हाइब्रिड फण्ड, बरुण हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]