March 21st, 2017

हकप्रद पारित गर्न सेती फाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

सेती फाइनान्स लिमिटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले चैत्र ३० गते गर्न लागेको साधारणसभाका लागि चैत्र २१ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, चैत्र २० गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारणसभामा भाग लिन पाउनेछन् ।  

उक्त साधारणसभामार्फत फाइनान्सले एक बराबर एक दशमलव पाँचको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट ५७ लाख १० हजार आठ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । 

सेती फाइनान्सले गत मंसिर १ गतेदेखि पुस ५ गतेसम्म पनि १५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । सो हकप्रद वितरण गरेपछि फाइनान्सको चुक्तापुँजी साढे नौ करोडको हाराहारीमा पुग्नेछ । प्रस्तावित बोनस सेयर वितरण गरेपछि फाइनान्सको चुक्तापुँजी १० करोड रुपैयाँ नाघ्नेछ । सो पुँजीबाट पुनः १५० प्रतिशत हकप्रद सेयर जारी गरेर कम्पनीले २५ करोड रुपैयाँको हाराहारीमा चुक्तापुँजी पुर्याउने छ । राष्ट्रिय स्तरको फाइनान्सको रुपमा कायम रहन सेतीले असार मसान्तसम्ममा ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]