March 21st, 2017

नेपाल एसबीआई बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

नेपाल एसबीआई बैंक लिमिटेडले ४० प्रतिशत अर्थात् १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले सोमबार (चैत्र ७ गते) बोर्डमा निवेदन दिएको हो । 

नेपाल एसबीआईले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल नेपाल एसबीआई बैंकको चुक्तापुँजी तीन अर्ब ८८ करोड रुपैयाँ रहेको छ । केही साताअघि मात्र जारी गरेको ६७ लाख कित्ता एफपिओबाट बैंकको चुक्तापुँजीमा ६७ लाख रुपैयाँ थप भएको छ । यसबाहेक, २८ प्रतिशत बोनस सेयर जारी गरेर बैंकले झन्डै पाँच अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनेछ । हकप्रद सेयर पनि जारी गरिसकेपछि बैंकको चुक्तापुँजी झन्डै सात अर्ब रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]