March 15th, 2017

एनएमबि माइक्रोफाइनान्स पाँचौं वर्षमा प्रवेश

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ५० वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक विद्यालयमा कापीकलम वितरण, वृद्धाश्रममा वृद्ध वृद्धाहरुलाई फलफुल तथा खाद्यन्न वितरण, मठ मन्दिर सरसफाई, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, फुटवल प्रतियोगिता, जलपान समारोह लगायतका कार्यक्रम गरी मंगलबार भव्य रुपमा चौथो वार्षिकोत्सव मनाएको छ ।

संस्थाले मंगलबार विहान पोखराको लेकसाइड स्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाई गरी कार्यक्रमको सुरुवात गरेको थियो ।

त्यसपछि प्रभातफेरी गरी एनएमबिले पोखराको सीतापाइला स्थित वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी ७२ जना वृद्धाहरुलाई फलफुल तथा जुस वितरण गर्यो ।

सोही अवसरमा संस्थाले पोखराको हेमजास्थित गौरीशंकर प्राथमिक विद्यालयका ५० जना विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी कापीकलम वितरण गरेको थियो । उक्त विद्यालयमा पिछडिएका जातीवर्ग समुदायका ज्याला मजदुरी गर्ने अभिभावकका विद्यार्थीहरु मात्र अध्ययन गर्ने गरेका छन् । 

२०६९ चैत्र महिनाबाट विधिवत रुपमा कार्यक्रमको सुरुवात गरेको वित्तीय संस्थाले स्थापनाको चौथो वर्षको अवधिमा देशका २५ वटा हिमाली तथा पहाडी जिल्लाहरुमा ५० वटा शाखा कार्यालयहरु स्थापना गरी ५२,००० सदस्यमा रु.१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ भने रु.३१ करोड बचत संकलन गरेको छ । निकट भविष्यमै राष्ट्रिय स्तरको लघुवित्त संस्थामा स्तरोन्नती भई देशका ७५ वटै जिल्लाहरुमा लघुवित्त बैंकिङ्ग कार्यक्रम पुरयाउने वित्तीय संस्थाको योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]