March 14th, 2017

नेपाल टेलिकमको नगद लाभांश वितरण : कहाँबाट लिने ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले बुधबार (चैत्र २ गते)देखि आफ्ना सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले फागुन ३० गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेबमोजिक गत आर्थिक वर्षको मुनाफाबाट स्वीकृत चुक्तापुँजीको ५१ प्रतिशत अर्थात सात अर्ब ६५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । 

कहाँ जाने लाभांश लिन ?
कम्पनीको नगद लाभांश सेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड नागपोखरी नक्सालबाट चैत २ गतेदेखि १३ गतेसम्म वितरण गरिनेछ । यो समयमा संकलन गर्ने नभ्याउने सेयरधनीलाई भने चैत १५ गतेपछि वितरण गर्दै जाने कम्पनीले जनाएको छ । एनएमबि बैंकमा खाता रहेका सेयरधनीहरुका लागि भने मंगलबारदेखि नै खातामै रकम जम्मा गरिदिने प्रबन्ध मिलाएको एनएमबि क्यापिटलले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]