March 13th, 2017

नौ लाख ८३ हजार कित्ता एफपिओ जारी गर्दै पोखरा फाइनान्स

पोखरा फाइनान्स लिमिटेडले थप नयाँ सेयर (एफपिओ) जारी गर्ने भएको छ । एफपिओ निष्काशनका लागि अनुमति माग गर्दै फाइनान्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत फागुन २६ गते बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले नौ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । यसका लागि फाइनान्सले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

पोखरामा केन्द्रीय कार्यालय रहेको फाइनान्सको चुक्तापुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी गरेपछि कम्पनीको चुक्तापुँजीमा नौ करोड ८३ लाख रुपैयाँ थप हुनेछ । एफपिओपछिको चुक्तापुँजीबाट कम्पनीले १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । एफपिओ र हकप्रद दुबै जारी गरिसकेपछि पोखरा फाइनान्सको चुक्तापुँजी झन्डै ८० करोड रुपैयाँ पुग्नेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]