March 12th, 2017

ओमको नयाँ शाखा स्याङ्जाको गल्याङ्गमा 

ओम डेभलपमेन्ट बैंक लिमिटेडले स्याङजा जिल्लाको गल्याङ्गमा शाखा बिस्तार गरेको छ । बैंकका सञ्चालक रबिन्द्रनाथ बास्तोलाद्धारा भानुभक्त मा.बि.का प्राचार्य रामकान्त पाठकलाई छात्राबृत्ति प्रदान गरि शाखाको उद्घाटन गरेका थिए । कार्यक्रमा सञ्चालक रबिन्द्रनाथ बास्तोला र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको बिविध जानकारी गराएका थिए । कार्यक्रममा हुलास मा.बि.का प्रिन्सिपल भेमला बराल, गरिमा विकास बैंक लि.का सञ्चालक श्याम प्रसाद बस्याल, भू.पू. सैनिक समाजका अध्यक्ष चन्द्र प्रसाद रखाली, गल्याङ्ग बजार ब्यावस्थापन समितिका अध्यक्ष जनक श्रेष्ठ र स्याङजा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए ।  बैंकले पर्यटन क्षेत्रमा लगानी गर्नको लागि १ महिना अघि पोखराको लेकसाईडमा शाखा खोलेको र गल्याङ्ग शाखाबाट कृषि तथा अन्य उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरिने जानकारी दिएको छे । ओमले मनास्लु विकास बैंकसंग मर्जरको लागि २०७३ चैत्र १ गते बिशेष साधारणसभा बोलाएको छ । मर्जरपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने बैंकको योजना रहेको छ । मर्जरपछि बैंकको ४२ वटा शाखा र १ लाख ७० हजार ग्राहकहरु पुग्नेछन् ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]