March 12th, 2017

प्रभु बैंक महेन्द्रनगर शाखाको आयोजनामा रक्तदान कार्यक्रम

प्रभु बैंक महेन्द्रनगर शाखा कार्यालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले महेन्द्रनगर जेसिस र नेपाल रेडक्रस सोसाइटी, महेन्द्रनगरको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कञ्चनपुर जिल्लामा आवश्यक रगतको अभाव हुन नदिन प्रभु बैंक लिमिटेडबाट सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार भीमदत्त नगरपालिका वडा नं. १८ स्थित बैंक प्राङ्गणमा सम्पन्न भयो । उक्त कार्यक्रमको उद्घाटनका क्रममा बैंकका महेन्द्रनगर शाखाका शाखा प्रबन्धक बिकेश कुमार श्रेष्ठले रक्तदान गरे । प्रभु बेैंकले देशका विभिन्न भागहरुमा विभिन्न खालका सामाजिक गतिविधिहरु जस्तै अनाथ र अपाङ्गहरुलाई छात्रवृत्ती, निशुल्क स्वास्थ्य जांच, रक्तदान कार्यक्रम जस्ता कार्यक्रमहरु निरन्तर संचालन गर्दै आईरहेको छ ।  

ब्लड बैंकमा देखिएको रगतको कमिलाई मध्यनजर राख्दै आफ्नो तर्फबाट समाजमा सकारात्मक योगदान गर्नु यस अभियानको मुख्य उद्देश्य रहेकोे बैंकले जनाएको छ । १८ वर्ष देखि ६० वर्ष सम्मका स्वस्थ मानिसले रक्तदान गर्न सक्ने कुरा नेपाल रेडक्रस सोसाईटी, रक्त सेवा ईन्चार्ज नरेन्द्र जोशीले जानकारी दिए । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ संचालित यस कार्यक्रममा १०० जना भन्दा बढी सहभागी भई २५ जना भन्दा बढी रक्तदाताले रक्तदान गरेका थिए भने रगत संकलन गर्ने प्याकेट सकिए पछि अन्य रक्तदाताहरु त्यसै फर्किएका थिए । रक्तदाताहरु बैंकका कर्मचारी, महेन्द्रनगर जेसिससंग आबद्ध महानुभाव, आम जनता, ग्राहकहरु, संचालक, कर्मचारी, सेवाग्रही, तथा उहाँहरुका परिवारका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । ब्लड बैंकमा रगत संकलन गर्ने उद्देश्यलाई पूरा गर्न यस अभियानले उल्लेखनीय रुपमा पहिलो पटक रक्तदान गर्न ईच्छुक रक्तदाताहरुलार्ई आकर्षित गरेकोे छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]