March 10th, 2017

“न्यु चिल्ड्रेन्स होम”का बालबालिकालाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले काठमाडौँको भद्रकाली गाविस हात्तीगौँडास्थित “न्यु चिल्ड्रेन्स होम” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चिल्ड्रेन्स होममा रहेका बालालिकाहरुलाई भाँडाकुँडा (ग्याँस सिलिन्डर, ग्याँस चुलो, कराई, प्रेसर कुकर, डेक्ची, चम्चा आदि)  तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चिनी, पीठो, विस्कुट आदि)  सहयोग गरेका हो ।

बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । 

देशका विभिन्न स्थानका तीस जना गरीब तथा असहाय बालबालिकाहरुलाई उक्त चिल्ड्रेन्स होमले आश्रय दिईरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]